३२ हजार सरकारी कर्मचारीले आजदेखि अवकाश पाउँदै


काठमाडौं, १ साउन । करिब ३२ हजार सरकारी कर्मचारीले आजबाट अवकाश पाएका छन् । प्रत्येक जिल्लामा रहेका ढेड दर्जनभन्दा बढि सरकारी कार्यालयहरु साउन १ बाट बन्द भएसंगै करार तथा ज्यालादारीमा काम गर्ने कर्मचारीहरुले अवकाश पाएका हुन् ।

सरकारी कार्यालयले औपचारिक रूपमा निष्कासनको निर्णय नगरे पनि उनीहरूलाई मंगलबारदेखि कार्यालय नआउन सूचित गरिसकेका छन् । सरकारले नयाँ आर्थिक वर्षदेखि करार र ज्यालादारी कर्मचारीको म्याद थप गर्न नसक्ने जनाएपछि देशभरका झन्डै ३२ हजार कर्मचारी प्रभावित भएका हुन् ।
करार तथा ज्यालादारीमा काम गर्ने कर्मचारीको संख्या काठमाडौंमा मात्र करिब १३ हजार छ ।

प्रतिक्रिया दिनुहोस्