रुकुममा जीप दुर्घटना हुँदा चारको ज्यान गयो


काठमाडौ, २ साउन । जीप दुर्घटना हुँदा रुकुम पूर्वको सिस्ने गाउँपालिका ५ धारापानीमा ४ जनाको ज्यान गएको छ। रुकमकोटबाट धौलापैरा जाँदै गरेको लु १ ज २५७३ नम्बरको जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका डीएसपी प्रविणलाल श्रेष्ठले जानकारी दिए ।

१०/११ जना मानिस चढेको जीप भीरमा सडकदेखि एक सय मिटर तल खसेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्