पहिरोले घर भत्किँदा तीन जनाको ज्यान गयो


गोरखा, २ साउन । गोरखाको शहीद लखन थापा गाउँपालिका वडा नम्बर ६ अँधेरीमा बुधबार बिहान पहिरोले घर भत्किँदा तीन जनाको मृत्यु भएको छ ।
अधेरीका स्थानीय नवराज कुँवरको घर पहिरोले भत्किँदा उनकी छोरी १० वर्षीया प्रमिना कुवँर, भान्जी २० वर्षीया सरु र सरुकी आठ महिने छोराको मृत्यु भएको स्थानीय रामकृष्ण श्रेष्ठले जानकारी दिए ।
रातीदेखि परेको अबिरल बर्षाका कारण पहिरो खस्दा उनीहरु बसेको कोठा पहिरोले पुरीदाँ तीनजनाको मुत्यु भएको हो ।

लगातारको बर्षाले त्यस क्षेत्रमा अन्य स्थानमा पनि पहिरो गएको स्थानीयबासीले बताएका छन् । पहिरोले एकै घरमा ३ जनाको मुत्यु भएपछि अधेरी गाउँ शोकमा डुवेको छ ।
यसैबीच स्थानीय लुदिखोलाले एक ट्याक्टर बगाएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्