विश्वकपमा गोल्डेन बुटका दावेदार मेसी र रोनाल्डो पराजित हुनुको यस्तो छ कारण


काठमाडौ, १७ असार । उरुग्वेसँग २–१ ले पराजित भएसँगै पोर्चुगल विश्वकपको प्री–क्वार्टरफाइनलबाटै बाहिरिएको छ ।
यसैबीच अर्जेन्टिना र फ्रान्सबीच भएको खेलमा ४–३ को अन्तरले अजेन्टिना पराजित भयो । अर्जेन्टिना र पोर्चुगलले अन्तिम १६ पार गर्न सकेनन् ।
अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेसी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो दुवैले नकआउट चरणमा आफ्ना प्रतिद्वन्दीविरुद्ध गोल गर्न सकेनन् । यी दुवैका खुट्टामा बल पनि निकै कम मात्र परे । दुवै खेलाडी स्पेनिस क्लबका स्टार हुन् । मेसी बार्सिलोनाबाट खेल्छन् जबकी रोनाल्डो रियल मड्रिडबाट । अन्तिम १६ बाट बाहिरिएसँगै यी दुवै स्टारको विश्वको सबैभन्दा ठूलो अवार्ड जित्ने धोको पूरा नहुने देखिएको छ । केही दिनअघि मात्र ३१ वर्ष लागेका मेसी र ३३ वर्षे रोनाल्डोले सन् २०२२ मा हुने अर्को संस्करणको विश्वकप खेल्ने सम्भावना कम रहेको खेल विश्लेषकहरु बताउँछन् ।

अर्का स्टार क्रिस्टियानो रोनाल्डोले स्पेनविरुद्ध ह्याट्रिक गर्दै यो विश्वकपमा गोल्डेन बुट जित्ने आशा देखाए । तर उनको यात्रा पनि अन्तिम १६ मा पुगेर टुंगियो । उरुग्वेसँग २–१ को हारबाट रोनाल्डोले पोर्चुगललाई बचाउन सकेन । सन् २०२२ को विश्वकपका बेला रोनाल्डो ३७ वर्ष पुग्नेछन् ।

पूर्वजर्मन खेलाडी जर्गन क्लिन्स्म्यानको आरोप छ ‘अर्जेन्टिनाले मेसीलाई चिन्नै सकेन’ । फ्रान्सविरुद्धको पहिलो हाफमा मेसीलाई एक्ल्याइयोे’, उनले भने, ‘दोस्रो हाफमा मुस्किलले उनलाई बल छुन दिइयो ।’

स्पेनिस फुटबल विश्लेषक गिलेम बालाग भन्छन्, ‘सम्भवतः एक महान खेलाडी मेसी हारेर घर फर्किएको हेर्न साह्रै दुखलाग्दो कुरा हो ।’ उनलाई थाहा थियो यो टोलीबाट उनले केही गर्न सक्दैनन्, एक्लो प्रयासमा केही हुनेवाला छैन भन्ने उनलाई थाहा थियो ।’

प्रतिक्रिया दिनुहोस्