नेविसंघद्धारा निषेधित क्षेत्रमा प्रदर्शन


काठमाडौ, २० असार । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ नेविसंघले सरकारले लगाएको निषेधित क्षेत्र तोडेको छ । माइतीघर मण्डलामा बुधबार दिउँसो नेविसंघले निषेधित क्षेत्र तोडेको हो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नेविसंघका पूर्व अध्यक्ष प्रदिप पौडेलको नेतृत्वमा विद्यार्थी समूहले निषेधित क्षेत्र तोडेको हो ।

संसदमा समेत निषेधित क्षेत्र तोड्ने बारे नेपाली कांग्रेसले आन्दोलन गर्ने र विरोधमा कडा रुपले प्रस्तुत हुने बताएको छ । त्यही रणनीति अनुसार नेविसंघले बृहद प्रदर्शन गरेको छ ।

गृहमन्त्री राम बहादुर थापा बादलले जारी गरेको एक सातापछि नेविसंघले निषेधाज्ञा तोडेको हो । कार्यक्रमलाई प्रदिप पौडेल, नेविसंघका महामन्त्री कुन्दनराज काफ्ले लगायतले सम्बोधन गरेका थिए ।

उनिहरुले गंगामाया अधिकारी, डा. गोविन्द के।सी लगायतका माग सम्बोधन गर्नुपर्ने माग राखेका थिए ।
सरकारले आन्दोलन र नारा लगाउन पनि निश्चित क्षेत्र तोकेपछि नेविसंघ आन्दोलित भएको हो ।

प्रतिक्रिया दिनुहोस्