बाढी तथा पहिरो प्रभावितलाई उद्धार र राहतमा जुट्न कार्यकर्तालाई कांग्रेसको निर्देशन


काठमाडौ, १९ असार । काङग्रेसले वाढी पहिरो प्रभावित जिल्लाका आफ्ना कार्यकर्तालाई उद्धार, राहतमा जुट्न निर्देशन दिएको छ ।

काङग्रेस केन्द्रीय कार्यलयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मंगलबार प्रेश विज्ञप्ति जारी गर्दै राहतमा जुट्न निर्देशन दिएका हुन ।
काङग्रेसले पीडितहरुलाई उचित बसोबासको व्यवस्था मिलाउन सहयोग पुरयाउदै पहिरो एवं डुबानमा पर्न सक्ने थप जोखिम क्षेत्रको पहिचान गरी उक्त क्षेत्रबाट अन्य सुरक्षित स्थानमा मानिसहरुलाई स्थानान्तरण गराउने कार्यमा जुट्न निर्देशन दिएको हो ।

यसैगरी काङग्रेसले केही दिनदेखि परेको अविरल वर्षापछि आएको वाढी, पहिरो र डुवानबाट पीडित भएकाहरुको प्रभावकारी उद्धार तथा उचित राहतको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

घटनाप्रति दुःख व्यक्त गर्दै विज्ञप्तिमा काङग्रेसले प्राकृतिक विपतको संवेदनशील घडीमा प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र राहतको कार्यलाई प्रभावकारी रुपमा तत्काल संचालन गर्न तथा पीडितका परिवारलाई तत्काल अति आवश्यक सामाग्रीहरु,खाद्यान्न, लत्ता कपडा, भाडाकुडा, औषधी र अस्थायी बसोबासको यथाशीघ्र उचित प्रबन्धका लागि सरकारसँग आग्रह गरेको छ । बाढी, पहिरो र डुवानका कारण क्षति भएका सडक, विद्यालय, पुलपुलेसा लगायत भौतिक पूर्वाधारहरुको यथाशीघ्र पुनर्निर्माणका लागि पहल थालन समेत उसले सरकारसँग आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्