नेकपा सचिवालय बैठकद्धारा नियमावली पारित


काठमाडौ, २७ असार । नेकपाको सचिवालय बैठकले नियमावली पारित गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन । नियमावली पारित भएसँगै पार्टी सञ्चालनका लागि सहज हुनेछ ।
बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले नियमावली पारित गरेको नेकपाका प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
बैठकपछि पत्रकारहरुसँग उनले भने, ‘विधानको अभिन्न अंगको रुपमा रहेको नियमावलीलाई अन्तिम रुप दिने काम भयो । अब छिट्टै प्रकाशनमा जाने छ ।’

अब अर्को बैठक बसेर विधान र नियमावली अनुसार सबै पार्टी कमिटीहरुको र जनवर्गीय संगठनहरुको सांगठनिक एकीकरणको आवधिक कार्ययोजना बनाइने श्रेष्ठले जानकारी पनि दिए ।

प्रतिक्रिया दिनुहोस्