नेकपा पार्टी सचिवालय बैठकले राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गर्दै


काठमाडौं, २० असार । प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको पार्टी सचिवालय बैठक बसिरहेको छ ।
यस अघि प्रधानमन्त्रीको चीन भ्रमण अगाडि असार २ गते सो पार्टीको सचिवालय वैठक बसेको थियो ।
विहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको बैठक एक घण्टा ढिला गरी शुरु भएको हो ।
आजको बैठकले पार्टी विधान र नियमावलीसहितको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गर्नेछ ।
नौ सदस्यीय नेकपा सचिवालयको बैठकमा प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको समीक्षा, एकीकृत पार्टीका आन्तरिक काम, शिक्षा विद्येयक, नेताहरुको कार्यविभाजन र संसदीय समिति गठन लगायतका विषयमा छलफल हुनेछ ।
नेकपाले यस अघि विभिन्न भातृ संगठनहरुको एकताका लागि कार्यदल बनाएको थियो ।
केन्द्रीय किमिटबाहेक अन्य कमिटीको एकता अगाडि बढेको छैन् ।

प्रतिक्रिया दिनुहोस्