३२ ओटा केन्द्रीय विभाग गठन गर्ने नेकपाको तयारी(सूचीसहित)


काठमाडौं, ७ असार । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले ३२ ओटा केन्द्रीय विभाग गठन गर्ने तयारी गरेको छ । नेकपाले तयार गरेको नियमावलीमा प्रादेशिक मामिला, सुरक्षा मामिलासहितका ३२ ओटा केन्द्रीय विभाग गठन गर्न प्रस्ताव गरिएको हो । उक्त निमायवली अर्को साता बस्ने स्थायी समिति बैठकबाट पारित गर्ने तयारी छ । नियमावलीको मस्यौदामाथि सुझाव संकलन भइसकेपछि पारित हुने स्थायी समिति सदस्य बेदुराम भुषालले जानकारी दिए ।
यी हुन् ३२ केन्द्रीय विभाग

१. अर्थ तथा योजना विभाग
२।. उद्योग तथा वाणिज्य विभाग
३.उपभोक्ता हित, आपूर्ति तथा सुशासन विभाग
४. कृषि तथा भूमिसुधार विभाग
५. कोष तथा आर्थिक व्यवस्थापन विभाग
६. खानेपानी तथा सरसफाइ विभाग
७. जलस्रोत, सिँचाइ तथा ऊर्जा विभाग
८. निर्वाचन विभाग
९.न्याय, कानुन तथा मानव अधिकार विभाग
१०.पर्यटन प्रवर्द्धन तथा नागरिक उड्डयन विभाग
११.प्रचार तथा प्रकाशन विभाग
१२.प्रादेशिक मामला विभाग
१३.पार्टी स्कुल विभाग
१४.पुस्तकालय तथा अभिलेख विभाग
१५.भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग
१६.युवा तथा खेलकुद विभाग
१७.राजकीय मामला विभाग
१८.राष्ट्रिय हित प्रवर्द्धन विभाग
१९.वन तथा वातावरण विभाग
२०.विज्ञान तथा प्रविधि विभाग
२१.वैदेशिक मामला विभाग
२२.शिक्षा तथा मानवस्रोत विभाग
२३.श्रम तथा रोजगार विभाग
२४.संगठन विभाग
२५.संघीय संसदीय विभाग
२६.समाज कल्याण विभाग
२७.सहकारी तथा गरिबी निवारण विभाग
२८.सहरी विकास विभाग
२९.सामान्य प्रशासन विभाग
३०.साहित्य, कला तथा संस्कृति विभाग
३१.स्थानीय तह विभाग
३२.स्वास्थ्य तथा जनसंख्या विभाग

प्रतिक्रिया दिनुहोस्