चुनावमा भोगेको पराजयका विषयमा समिक्षा गर्न आवस्यक छैनः कांग्रेस उपसभापति निधि


काठमाडौ, १५ असार । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले चुनावमा भोगेको पराजयका विषयमा अब समिक्षा गर्न आवाश्यक नभएको बताएका छन् ।
पार्टी कार्यालय सानेपा पुगेर पदभार ग्रहण गर्दे उपसभापति निधिले अब चुनावि समिक्षामा मात्रै अल्झिन नहुने बताएका हुन् ।

उनले भने– अहिले चुनावको समिक्षा गर्ने बेला होइन् । हेटौंडामा भएको जिल्ला सभापतिहरुको भेलाले यो च्याप्टरलाई क्लोज गरिसक्यो । उनले अब पार्टीमा एकअर्काको आलोचना गर्ने भन्दा संसदमा प्रभावकारी भूमिका खेल्नु पर्नेमा जोड दिए ।

उपसभापति निधिले अहिले नेतृत्व परिवर्तन गर्न सम्भव नभएको पनि स्पष्ट पारेका छन् । उनले अहिले नेतृत्व परवर्तन होइनु नेतृत्व विकास गर्न तर्फ केन्द्रित हुनु पर्ने बताए ।

उनले भने– नेतृत्व विकासका लागि बरु नीतिमा परिवर्तन गरौँ तर अहिले नेतृत्व परिवर्तनको नारा मात्रै लगाएर केही हुनेवाला छैन् ।

अर्को प्रसंगमा उपसभापति निधिले कांग्रेसको औचित्य छैन् भन्नु नेकपाको सर्वसत्तावाद लाद्ने योजना भएको दाबी गरे ।

उनले नेकपाको नेतृत्वले राजनीतिक सिन्डिकेट खडा गर्न लागिपरेको आरोप लगाए । उनले सार्वजनिक स्थलमा सभा सम्मेलन गर्न रोक्नु अधिनायकवादको अर्को नमुना भएको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्