उप्रेती भारतका लागि नेपाली राजदूतमा सिफारिस


काठमाडौ, ३२ असार । सरकारले भारतका लागि नेपाली राजदूतमा नीलकण्ठ उप्रेतीलाई सिफारिस गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्व प्रमुख निर्वाचन आयुक्त उप्रेतीलाई भारतका लागि नेपाली राजदूत सिफारिस गरेको हो ।
यस्तै उदयराज पाण्डेलाई मलेसियाका लागि नेपाली राजदूतमा सिफारिस गरिएको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिए । उनी यूएईका पूर्व राजदूत हुन् ।

प्रतिक्रिया दिनुहोस्