प्रधानमन्त्री ओली चाइना कम्युनिष्ट पार्टीको केन्द्रीय संग्राहलयको अवलोकनमा


काठमाडौ, ७ असार । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चाइना कम्युनिष्ट पार्टी सिपिसीको केन्द्रीय संग्राहलयको अवलोकन गरेका छन । संग्राहलयमा कम्युनिष्ट नेता तथा महत्वपूर्ण व्यक्तिहरुको बारेमा फोटो अवलोकन गरेका थिए । चिनीयाँ प्रधानमन्त्री लि खछ्याङको औपचारिक निमन्त्रणमा छ दिने चीन भ्रमणमा प्रधानमन्त्री ओली चीनमा छन । उनले बुधबार चिनियाँ राष्ट्रपति सि जिनपिङसंँग भेटवार्ता गर्नुका साथै बिहिबार चिनियाँ समकक्षीसँग भेटवार्ता गर्ने छन्। आजै दुवै प्रधानमन्त्रीबीच केही महत्वपूर्ण सम्झौतामा हस्ताक्षर हुने समेत बताइएको छ। प्रधानमन्त्री ओली भ्रमण सम्पन्न गरी असार १० गते स्वदेश फिर्ता हुने छन्।

प्रतिक्रिया दिनुहोस्