बसभित्र पाकेटमारद्धारा लुटिएकोे पौने तेह्र लाख फिर्ता गर्न सफल


भक्तपुर, १४ असार । पाकेटमारको समुहद्धारा लुटिएको रकम खोस्न सफल भएका छन। बसमा सवार यात्रु जित बहादुर बस्नेतको साथबाट पर्स र चेकसहितको पैनो तेह्र लाख रुपैयाँ पाकेटमारले लुटेपछि पत्रकार संजिव दाहालले फिल्मी शैलीमा फिर्ता गर्न सफल भएका हुन ।
मंगलबार साँझ मध्य उपत्यका बसमा मध्यपुर थिमिमा प्याकटेरमाराले बस्नेतको पाईन्टबाट झिकेर फरार हुने क्रममा पत्रकार दाहालले पाकेटमाराबाट थुतेर सो पर्स हात पारेका हुन । उनले पाकेटमारासँग झगडा नै गरेर सो पर्स हात पारेपछि लुटेराले आक्रमणको प्रयास गरेका थिए । तर पत्रकार दाहालले उल्टै लुटेरालाई फिल्मी शैलीमा समात्न खोज्ने क्रममा गाडी चलिरहँदा गाडीबाटै भागेको प्रत्यक्षदर्शीले बताए ।
गाडीमा रहेका तीन जना पाकेटमारामध्ये अगाडि बस्नेले पर्स लुटेको र पछाडि बस्नेलाई पास गर्दै गर्दा पत्रकार दाहालले सो दृश्य देखेपछि लुटेराबाट पर्स थुत्न सफल भएको बताए । पाकेट मारेको पर्स फ्याकेर फरार पाकेटमाराले रातो टिर्सट लगाएको र उनी राँधेराधेबाट फरार भएको दाहालले जानकारी दिए।
दाहालले बुधवार ठिमी शंखधर चोकमा सोही विषयमा पत्रकार सम्मेलन गरी सिन्धुपाल्चोक २ बाह्रबिसेका जितबहादुर बस्नेतलाई पाकेटमाराबाट फिर्ता लिइएको नगद २८ हजार १सय ३० र बिभिन्न दुईवटा बैंकका १२ लाख ८७ हजारको चेक, एटिएम तथा पर्स फिर्ता गरेका हुन । ५२ वर्षे बस्नेत सजना ईन्टरप्राइजेजका संचालक समेत हुन ।
रकम बुझ्दै बस्नेतले माकेटमारे पछि आफू तनाबमा भएको बेलामा दाहालले फोन गरेर आज रकम फिर्ता गर्ने जानकारी गराएको बताउँदै ईमान्दार मानिसको परिचय दिएको बताए । बस्नेतले सार्वजनीक स्थलमै लुटेराबाट फिर्ता गरिएको नगद र पर्ससहित बस्नेतलाई दिएपछि दाहाल पाँच हजार पुरस्कारबाट पुरस्कृत भए ।
सोही अवसरमा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपीले दाहाललाई एक इमानदार नागरिकको कर्तब्य निर्वाह गरेकोमा धन्यवाद दिदै चोरी डकैटी र लुटपाटबाट बच्न सबै नागरिक सचेत हुनुपर्ने र सबैले आआफनो ठाउँबाट कर्तब्य निर्वाह गरेर यस्ता घटना घट्दै जाने बताए ।
पछिल्लो समय सार्वजनीक यातायातमा लुटेराको बिगबिगी बढिरहेको छ । बसमा खाँदाखाँद गरेर यात्री राख्नाले यात्रुहरु बसमै लुटिदै आएका छन् । विशेष गरि बिहान र बेलुकीको समयमा यात्रीहरु बढी पीडित हुने गरेका छन ।patrakar

प्रतिक्रिया दिनुहोस्