कांग्रेसले ‘ननइस्युलाई इस्यु’ बनाएर सरकारलाई असफल बनाउन लागि पर्योः प्रधानमन्त्री


काठमाडौ, ८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसले यो सरकारलाई देखिनसहेको बताएका छन । नेकपा निकट पत्रकारहरुको आन्तरिक प्रशिक्षणमा बोल्दै प्रधानमन्त्री ओलीले सरकार विरुद्ध प्रतिक्रियाबादीहरु मिलेर असफल बनाउन लागि परेको बताएका हुन । उनले भने ”हिजो यिनीहरु चप्पल लगाएर हिड्थे अहिले जुत्ता लगाएर हिड्छन, हिजो हामीले खाना नदिएर ख्याउटे थिए भन्दै प्रतिक्रियावादी शक्तिलाई देखिनसक्नु भएको छ ।”
प्रधानमन्त्री ओलीले सरकारको यो प्रणालीलाई नै असफल बनाउन कांग्रेस लागि परेको आरोप लगाए । उनले भने ”नेपाली कांग्रेस यो प्रणालीलाई असफल बनाउन चाहान्छ । संविधानको सर्वोच्चता मानेर उ अगाडि जान तयार छ कि छैन ? संसदले कानुन बनाउछ उ अगाडि बढ्छ कि बढ्दैन, कांग्रेसका मात्र होइन अन्य प्रतिक्रियावादी हाम्रा विरुद्ध मिल्न खोजेका छन ।”
उनले लोकतन्त्रको रक्षाको नेतृत्व नेकपाले गर्ने बताए । देशमा हुने अलोकतान्त्रिक गतिविधि, प्रतिगामी , जनविरोधी गतिविधि कुनै पनि प्रयास छाडै अस्वीकार र नियन्त्रण हुने ओलीले जानकारी दिए । कांग्रेसले नन इस्युलाई इस्यु बनाएर सरकारलाई असफल बनाउन लागि परेको जानकारी दिए । उनले भने ”हामीसँग बहुमत भएर भिजन छ, देश विकासको सन्दर्भमा हामी बाहेक अरु कसैले नयाँ विकल्प ल्याएको छ र ?”  उनले पछिल्लो समय कानुनमन्त्रीको भनाईप्रति लक्षित गर्दै मन्त्रीहरुले बोलेको कुरामा आफ्नो पनि ध्यान गएको बताए ।

प्रतिक्रिया दिनुहोस्