प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चद्धारा ध्यानाकर्षण


काठमाडौ, १५ असार । प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका सल्लाकार रघुनाथ पुरीका विषयमा सञ्चारमाध्यममा आएका समाचारप्रति आफ्नो ध्यानआकर्षण भएको जनाएको छ । जिल्ला प्रशासन कार्यालयबाट इजाजतपत्र लिएर वैधानिक रुपमा राखिएको एक थान राइफल केहीदिन अघि प्रहरी महाशाखामै गएर बुझाएपनि सञ्चारमाध्यममा यसको गलत व्याख्या भएको भन्दै मञ्चले विज्ञप्ती निकालेको हो । प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चका अध्यक्ष चित्रगुप्ता साँवाले विज्ञप्तीमा भनेका छन ‘‘एक जिम्मेवार व्यवसायीलाई गलत ढंग र अन्य गतिविधिमा संलग्न व्यक्तिहरुसँगै जोडेर सही र गलत एकै ठाउँमा मिसाउन खोजेको देखिन्छ । हामी व्यवसायी आफै गुन्डागर्दी र अपराधिक चरित्रका व्यक्तिबाट प्रताडित छौ । त्यस्ता व्यक्तिमाथि गर्ने कारबाहीमा हाम्रो सधैँ साथ र सहयोग रहन्छ । तर जिम्मेवार व्यवसायीको पृष्ठभूमि र दैनिक व्यवसायिक आचरण नबुझी आफैँले लाइसेन्सप्राप्त हतियार बुझाएको विषयलाई अन्यथा अर्थ लगाउनु खोज्नु दुखद विषय हो ।”

pragatisil1

rojgar

प्रतिक्रिया दिनुहोस्