संसदीय दलको नेता बन्नलाई ठाकुर र महतोबीच हानाथाप


काठमाडौ, २९ असार । राष्ट्रिय जनता पार्टी नेपालको संसदीय दलको नेता बन्ने बिषयलाई लिएर बिबाद चुलिएको छ । संसदीय दलको नेतामा पार्टी अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले आकांक्षा राखेपछि बिबाद चर्किएको हो। दलको नेता चयन सर्वसम्मत हुनुपर्छ भनेर अध्यक्ष मण्डलका सबै सदस्यले बताउँदै आए पनि उनीहरु नै विभाजित भएका छन्।

अध्यक्षहरुबीच नै दलको नेता कसलाई बनाउने भन्ने बिषयमा निर्णय हुन नसक्दा पार्टीको पदाधिकारीको मात्र प्रतिनिधित्व हुने राजनीतिक समितिको बैठकको निर्णय समेत सार्वजनिक हुन सकेको छैन्। एक साता अघि सम्पन्न राजनीतिक समितिको निर्णय तत्काल गर्न ठाकुरले नमानेपछि असन्तुष्टी चर्किएको छ।

ठाकुर र महतो दुवैले आफ्नो नाममा सर्बसम्मत निर्णय हुनु पर्ने अडान राख्दै आएका छन्। प्रतिनिधि सभामा १७ सांसद रहेको राजपामा ठाकुर अल्पमतमा परेपछि सर्बसम्मत दलको नेता चयनको लागि दबाब दिँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्