महिलालाई सामुहिक बलात्कारपछि जिउँदै जलाइयो


काठमाडौ, ३१ असार । भारतको उत्तर प्रदेशमा एक महिलालाई सामुहिक बलात्कार गरेर जिउँदै जलाइएको छ । महिलाले आफूलाई जलाउनुअघि प्रहरीलाई फोन गरेको तर, कुनै जवाफ नआएको उनका श्रीमानले बताएका छन् ।
घटना सम्भल जिल्लाको हो, जहाँ दुई सन्तानकी आमा ३५ वर्षकी महिलालाई ५ जनाले सामुहिक बलात्कार गरेका छन् । बलात्कारपछि महिलालाई घर नजिकैको यज्ञशालामा लगेर जिउँदै जलाएको टाइम्स अफ इण्डियाले जनाएको छ । घटनामा संलग्न कोही पनि पक्राउ परेका छैनन् ।

मृतकका श्रीमानले प्रहरीमा दिएको जाहेरीअनुसार शनिबार राति करिव साढे २ बजेतिर बलात्कारीको समूह उनको घरमा पुगेको थियो । श्रीमान गाँजियावादमा काम गर्थे भने महिला आफ्ना दुई सन्तानका साथमा घरमा थिइन् ।

प्रतिक्रिया दिनुहोस्