९९ वर्षीय पूर्व प्रधानाध्यापकद्धारा १० वर्षीया बालिका बलात्कृत


काठमाडौ, २५ असार । भारतको चेन्नइमा एक सरकारी विद्यालयका सेवानिवृत प्रधानाध्यापकले १० वर्षीया बालिकालाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ । घटना दुई दिन अघि मात्रै सार्वजनिक भएको हो । बालिकालाई बलात्कार गर्ने ९९ वर्षीय पर्शुराम पूर्व प्रधानाध्यापक हुन् । बलात्कार आरोपमा उनलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

पर्शुरामका पाँच घर रहेका छन् । जसमध्ये सन्नीकुप्पम स्थित घरमा दुई वर्षअघि पीडित परिवार भाडामा बस्ने गर्थे । एक दिन ती बालिकाको कोठामा पर्शुराम आए । घरमा पीडितका आमाबुबा थिएनन् । त्यहि मौकामा ती अवोध बालिकालाई पर्शुरामले बाथरुमा लिएर जबरजस्तीकरणी गरे ।

घटना भएको लामो समय भइसकेको थियो । तर घटना बाहिर आएको थिएन । बालिकालाई थाह थिएन पर्शुरामले आफूलाई बलात्कार गरेको हो भनेर । बल्ल थाह भयो जब बालिकालाई गर्भवती भएको संकेत देखा पर्न थाले । गत शुक्रबार ति पीडित बालिकाको पेट दुख्ने समस्या देखा पर्यो । त्यसपश्चात उनलाई वाकवाकी लाग्न थाल्यो । सुरुमा परिवारले स्कुलमा केही खानेकुरा खाएकाले वाकवाकी लागेको होला भनेर सोचेका थिए । तर समस्या ठिक नहुन थालेपछि बालिकालाई अस्पताल भर्ना गरियो । अस्पताल भर्ना पछि बालिकाको पेटमा बच्चा भएको रिपोर्ट आयो ।

सुरक्षा अधिकारीका अनुसार बलात्कार आरोपी पर्शुरामका सात बच्चा छन् । शनिबार पीडित बालिकाका आमाबुबाले उनीविरुद्ध बलात्कारको मुद्धा दर्ता गरेका छन् । आरोपी पर्शुरामले पनि आफूले जबरजस्तीकरणी गरेको स्वीकार गरेका छन् ।एजेन्सी

प्रतिक्रिया दिनुहोस्