राप्रपाले माग्यो कानुनमन्त्री तामाङको राजीनामा


काठमाडौ, ६ साउन । बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्न जाने नेपाली चेली र समग्र नेपाली महिलाको अस्मितामाथि नै ठेस पुग्ने गरी कानुनमन्त्री शेरबहादुर तामाङले बोलेको भन्दै राप्रपाले विज्ञप्ति निकाल्दै राजीनामा माग गरेको छ । राप्रपाका सहप्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जारी गरेको वज्ञप्तिमा मन्त्री तामाङको अभद्र, अशिष्ट र आपत्तिजनक अभिव्यक्ति प्रति राप्रपा निन्दा एवं भत्सर्ना गरेको उल्लेख गरिएको छ । विज्ञप्तिमा, मन्त्री तामाङको गैरजिम्मेवार अभिव्यक्तिलाई ध्यान दिई अबिलम्ब मन्त्री पदबाट बर्खास्त गर्न प्रधानमन्त्री केपी ओली समक्ष राप्रपा माग गर्दछ । साथै केही दिनअघि नेपाली चेलीहरु बंगलादेशस्थित कलेजका प्राध्यापकबाट करणीमा पर्नेसम्बन्धी सोही प्रकृतिको आपत्तिजनक अभिव्यक्ति दिने बिर्तामोडस्थित बि एण्ड सि हस्पिटलका सञ्चालक दुर्गा प्रसार्इंलाई कानुनको दायरामा ल्याई कडाभन्दा कडा कारबाही गर्न पनि राप्रपा सरकारसँग जोडदार माग गर्दछ ।’rpp

प्रतिक्रिया दिनुहोस्