क्यानेडियन लिगमा नेपाली खेलाडी सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शन


काठमाडौ, २५ असार । क्यानडामा जारी ग्लोबल क्यानेडियन लिगमा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले चार खेलमा पाँच विकेट लिन सफल भएका छन् । सन्दीप आवद्ध मोन्ट्रेल टाइगर्स र टोरन्टो नेशनलबीच भएको गयरातीको खेलमा पनि सन्दीपको बलिङ उत्कृष्ट नै रह्यो ।
उनले चार ओभर बलिङ गरेर ३४ रन दिदै २ विकेट झार्न सफल भए । सन्दीपले क्यानडाका ब्याट्सम्यानद्वय नितिश कुमार र नभीन्नमिनेट धलीवालको विकेट लिएका हुन् । अन्य चर्चित बलरहरुले हरेक खेलमा विकेट नलिएको अवस्थामा सन्दीपले भने लगातार खेलमा विकेट झार्न सफल रहे ।

प्रतिक्रिया दिनुहोस्