हिमालयन होटलबाट ३३ किलो सुन तस्करीको आरोपमा राजु द्धवारका पक्राउ


काठमाडौ, १२ असार । सरकारले गठन गरेको उच्च स्तरीय अनुसन्धान टोलीले सुन तस्करीको आरोपमा राजु द्धवारकालाई पक्राउ गरेको छ ।
३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या काण्ड प्रकरणमा सरकारले गठन गरेको उच्च स्तरीय अनुसन्धान टोलीले सुन तस्करीको आरोपमा अनुसन्धानका लागि राजु द्धवाराकालाई पक्राउ गरेको हो । हिमालयन होटलमा छोराको विहे भोज हुँदा हुदै अनुसन्धान टोलीले पक्राउ गरेको हो । उनलाई गृहमन्त्रालयमा अनुसन्धान टोलीले बयान लिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्