सुर्यविनायक नगरपालिकाद्धारा ७६ करोड ४५ लाख २७ हजारको बजेट सार्वजनिक


भक्तपुर, १३ असार । सुर्यविनायक नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ को बजेट पेश गरेको छ । नगरपालिकाको तेस्रो नगर सभाले कुल ७६ करोड ४५ लाख २७ हजारको अनुमानित बजेट पेश गरेको हो । गत आर्थिक वर्षको तुलनामा यो वर्षको बजेटको आकार ४३ प्रतिशतले वृद्धि भएको छ । पूजीगत तर्फ ३७ करोड ४५ लाख ८४ हजार रहेको छ भने चालू तर्फ ३९ करोड २४ लाख ४३ हजार विनियोजन गरिएको छ । यस्तै नगरसभाले विभिन्न नीति तथा निर्णयहरु पारित गरेको छ । नगरपालिकाभित्र सडक निर्माण गर्दा घटिमा पनि ६ मिटर हुनुपर्ने, सडक नदी र राजकुलोको मापदण्ड एकिन गरिएको, नक्सापास तथा अभिलेखीकरणलाई सरलीकृत गरिएको, एक घर २ विरुवा, सरसफाई विशेष कार्यक्रम सञ्चालन गर्ने, डिजिटल प्रणालीबाट तथ्यांक संकलन गरी नगर प्रोफाइल बनाउने, पार्किङ र पिकनिक स्थलहरुको व्यवस्थापन गरि आयमा वृद्धि गर्ने, नगर प्रहरी भर्ना, नगर सुरक्षा तथा फुटपाथ व्यवस्थापन गर्ने लगायतका निर्णयहरु सभाबाट पारित गरेको हो ।

suryabinak22

प्रतिक्रिया दिनुहोस्