शिक्षण अस्पतालमा सेवा ठप्प, सयौँ विरामी अलपत्र


काठमाडौ‌ं, २९ असार । त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरुले आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् ।

जुम्लामा आमरण अनशनरत डा गोविन्द केसीको माग सुनुवाई गर्न सरकारले चासो नदिएको भन्दै शुक्रवार आकस्मिक बाहेकका सेवा ठप्प पारेका हुन् । सेवा ठम्प भएपछि हजारौ विरामी अस्पालको कपाउन्डमा अलपत्र परेका छन् ।
आवासीय चिकित्सकहरुको संस्था नेशनल रेजिडेन्ट डक्टर्स एशोसिएशनका अध्यक्ष डा सुमित पाण्डे र सचिव डा विश्वराज तिमल्सिनाले विज्ञप्ती जारी गर्दै सरकार मौन बस्नुले आफूहरु स्तव्ध भएको भन्दै आन्दोलनको कार्यक्रम गर्नुपरेको उल्लेख छ। एसोसिएसनमा ३ सयभन्दा बढी आवासीय चिकित्सक आबद्ध छन्।

हडतालबाट हुने असुविधा तथा क्षतिको जिम्मेवार सरकार आफैं रहने विज्ञप्तिमा उल्लेख छ । एसोसिएसनले धेरै दिनदेखि धैर्य गरेर कालोपट्टी बाँध्नेलगायतका विरोधका कार्यक्रम गर्दा सरकारले नसुनेपछि कठोर कदम चाल्न बाध्य भएको उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्