मजदुरको तलब ९ हजारबाट १४ हजार पुग्यो !


काठमाडौ, २५ असार । सरकारले मजदुरको तलब १४ हजार २ सय रुपैयाँ तोकेको छ । न्युनतम् पारिश्रमिक निर्धारण समितिले सरकारलाई मजदुरको तलव १४ हजार २ सय रुपैयाँ बनाउने गरी सिफारिस गरेको हो ।
यसअघि मजदुरको न्यनतम् तलव ९ हजार ७ सय रुपैयाँ थियो । साउनबाट ४५ सय रुपैयाँ थपिनेछ ।

यो वर्षबाटै समाजिक सुरक्षा ऐन पनि लागू हुनेछ । यो समेत जोड्दा मजदुरको तलब झण्डै १७ हजार पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्