विश्वकप फुटबलको नकआउट चरणमा पहिलो खेल फ्रान्स र अर्जेन्टिनाबीच हुँदै


काठमाडौ, १५ असार । रुसमा जारी फिफा विश्वकप प्रतियोगितामा बिहीबार रातिका खेल सकिँदा समूह चरणका सबै खेल सकिएका छन्। सहभागी ३२ राष्ट्रमध्ये १६ राष्ट्र नकआउट चरणमा प्रवेश गरेका छन्। १६ राष्ट्र रुस विश्वकपको यात्रालाई पूर्णविराम लगाउँदै घर फर्किने तयारीमा छन् ।

रुस विश्वकपको अन्तिम १६ मा स्थान बनाउन सफल मध्ये १० युरोपेली राष्ट्र रहेका छन् भने ४ दक्षिण अमेरिकी राष्ट्र रहेका छन्। एसिया र उत्तर अमेरिकाबाट एक एक राष्ट्रले अन्तिम १६ मा स्थान सुरक्षित गरेका छन्। अफ्रिकन राष्ट्र मध्येबाट भने कुनै टोली पनि नकआउट चरणमा प्रवेश गर्न सकेनन्।
नकआउट चरणमा कसको खेल कहिले ? प्रतिस्पर्धी को ?

शनिबार असार १६
फ्रान्स विरूद्ध अर्जेन्टिना बेलुका पौने ८ बजे

उरुग्वे विरूद्ध पोर्चुगल राति पौने १२ बजे

आइतबार असार १७

स्पेन विरूद्ध रुस बेलुका पौने ८ बजे

क्रोएसिया विरूद्ध डेनमार्क राति पौने १२ बजे

सोमबार असार १८

ब्राजिल विरूद्ध मेक्सिको बेलुका पौने ८ बजे

बेल्जियम विरूद्ध जापान राति पौने १२ बजे

मंगलबार असार १९

स्वीडेन विरूद्ध स्वीट्जरल्याण्ड बेलुका पौने ८ बजे

कोलम्बिया विरूद्ध इंग्ल्याण्ड राति पौने १२ बजे

प्रतिक्रिया दिनुहोस्