विश्वकपको क्वाटरफाइनल शुक्रवारदेखि, पहिलो खेलमा उरुग्वे र फ्रान्सबीच कडा प्रतिस्पर्धा हुने


काठमाडौ, २० असार । विश्वकप २०१८ को क्वाटरफाइनलमा स्वीडेन र इंग्ल्याण्ड पुगेका छन । मंगलबार राती स्वीडेनले स्वीजरल्याण्ड र इंग्ल्याण्डले कोलम्बियालाई हराएसँगै अन्तिम आठमा पर्न सफल भएका हुन ।
यसैबीच शुक्रवारदेखि क्वाटरफाइनलका खेलहरु सुरु हुनेछन । क्वाटरफाइनलको पहिलो खेल उरुग्वे र फ्रान्सबीच हुनेछ । त्यस्तै ब्राजिलले बेल्जियमलाई आफ्नो प्रतिद्वन्दी पाएको छ । त्यस्तै क्वाटरफाइनलको अन्तिम खेलमा रुसले क्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ ।
क्वाटरपफाइनल खेल तालिका

उरूग्वे vs फ्रान्स शुक्रबार ७ः४५

ब्राजिल vs बेल्जियम शुक्रबार ११ः ४५

स्वीडेन vs इंग्ल्याण्ड शनिबार ७ः४५

रूस vs क्रोएशिया शनिबार ११ः४५

प्रतिक्रिया दिनुहोस्