विश्वकप फुटबलमा आज डेनमार्क र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदै


काठमाडौ, ७ असार । रुसमा जारी विश्वकप फुटबलको पहिलो खेलमा डेनमार्क र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुदैछ । खेल समारा एरिना रंगशालामा नेपाली समयअनुसार साँझ ५ः४५ बजे सुरु हुनेछ। पहिलो खेलमा अष्ट्रेलिया फ्रान्ससँग २–१ ले पराजित भएको थियो भने डेनमार्कले पेरुलाई १–० ले पराजित गरेको थियो । दोस्रो खेलमा राति ८ः४५ बजे समूह सी कै फ्रान्स र पेरू प्रतिस्पर्धा गर्दैछन । सो खेल इकाटेरिनबर्ग एरिना रंगशालामा हुनेछ। त्यस्तै निज्नी नोभगोरोड रंगशालामा राति ११ः४५ मा अर्जेन्टिना र क्रोएसिया प्रतिस्पर्धा गर्दैछन । पहिलो खेलमा अर्जेन्टिना आइसल्याण्डसँग १–१ को बराबरीमा रोकिएको थियो भने क्रोएसियाले नाइजेरियालाई २–० ले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्