विश्वकपमा आजदेखि क्वाटरफाइनलका खेल हुँदै, उरुग्वे र फ्रान्सबीच कडा प्रतिस्पर्धा


काठमाडौ, २२ असार । रुसमा जारी विश्वकप फुटबलमा आजदेखि क्वाटरफाइनलका खेलहरु सुरु हुँदैछ । नेपाली समय अनुसार शुक्रबार बेलुका पौने ८ बजे हुने पहिलो क्वाटरफाइनलमा पूर्व विश्वविजेताहरु उरुग्वे र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ । दक्षिण अमेरिकी देश उरुग्वेले नकआउट अन्तिम १६ मा स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगललाई हराएको थियो । अन्तिम १६ मा अर्जेन्टिनालाई ४–३ ले हराउँदै अन्तिम ८ मा पुगेको फ्रान्सलाई उरुग्वेको रक्षापंक्ति तोड्न युवा खेलाडि केलियन एम्बाप्पे सहित एन्टोइन ग्रिजम्यान र ओलिभियर जिरुडको साथ छ । १९ वर्षे एम्वाप्पेले अर्जेन्टिना विरुद्ध २ गोल गरेका थिए । उनी सन् १९५८ यता विश्वकपमा १९ वर्षको उमेरमा २ गोल गर्ने पहिलो खेलाडी बनेका छन् । यसअघि ब्राजिलका पेलेको नाममा यो रेकर्ड थियो । निकै तिब्र गतिमा दौडन सक्ने एम्वाप्पे उरुग्वेको डिफेन्सका लागि टाउको दुखाइको विषय बन्ने निश्चित छ । बल पाउन ७० मिटरको स्पिडमा दौडँदै पेनाल्टि जितेका एम्वाप्पे त्यहि स्पिडपछि सबैको नजरमा पर्न सफल भए ।

प्रतिक्रिया दिनुहोस्