विश्वकपमा आजको पहिलो खेल स्वीडेन र स्वीट्जरल्याण्डबीच हुँदै


काठमाडौ, १९ असार । रसियामा जारी विश्वकप फुटबल अन्तर्गत मंगलबार पनि दुई खेल हुनेछन् । प्रिक्वाटर फाइनल अन्तर्गत आज अन्तिम दुई खेल हुनेछन्।
अन्तिम ८ प्रवेशका लागि आज पहिलो खेल स्वीडेन र स्वीट्जरल्याण्डबीच हुने छ । यी दुई टिमबीचको खेल सेन्ट पिटर्सबर्ग रंगशालामा नेपाली समय अनुसार साँझ ७ः४५ बजे हुँदैछ । आजै हुने दोस्रो खेलमा अन्तिम आठका लागि कोलम्बिया र इंग्ल्याण्ड भिड्ने छन् । यी दुई टोलीको भिडन्त नेपाली समय अनुसार आज राती ११ः४५ बजे हुने छ । यी दुई टिमबीचको खेल निकै कडा रहने अपेक्षा गरिएको छ । खेल मस्कोमा रहेको स्पार्टक रंगशालामा हुनेछ । इंग्ल्याण्ड समूह ‘जी’ को उपविजेता तथा कोलम्बिया समूह ‘एच’ को विजेताको रुपमा अन्तिम ८ मा आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्