स्थायी समितिमा भट्टराईको १८ बुँदे छुट्टै लिखित सुझाव


काठमाडौ, २२ असार । नेकपाको स्थायी समिति बैठकमा नेता योगेश भट्टराईले १८ बुँदे लिखित सुझाव पेश गरेका छन । विहीवार बसेको बैठकमा उनले विधान र नियमावलीको मस्यौदामाथि १८ बुँदे छुट्टै सुझाव दिएका हुन् ।
भट्टराईले सदस्यता आवेदन पत्र शुल्क ५० बनाउन, संगठित सदस्यता शुल्क मासिक ५० बनाउन प्रस्ताव गरेका छन् ।
त्यस्तै, केन्द्रीय विभागमा ५१ , प्रदेशमा २५ र स्थानीय तहको विभागमा १५ जना सदस्य बनाउन प्रस्ताव गरेका छन् ।

जनसंगठनका पदाधिकारीको मर्यादा प्रदेश कमिटी सदस्य 

भट्टराईले मोर्चा संगठनका केन्द्रीय पदाधिकारीहरुको मर्यादा प्रदेश कमिटी सदस्य सरह तथा केन्द्रीय सदस्यहरुको मर्यदा पार्टीको जिल्ला कमिटी सदस्य सरह हुने ब्यवस्था गर्न प्रस्ताव गरेका छन् । त्यस्तै, पार्टी सम्बद्ध जनवर्गीय तथा समुदायीक संगठनले प्रवास क्षेत्रमा आफ्नो संगठनको कुनै पनी कमिटी वा शाखा गठन गर्न नपाउने किटानी ब्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
त्यस्तै, केन्द्रीय अनुशासन आयोग, लेखा परीक्षण आयोग र निर्वाचन आयोग पार्टी एकताको संक्रमणकालीन अवस्था र एकताको भावनालाई ध्यान दिदैँ ३१ सदस्यसम्म बनाउन र ती आयोगका अध्यक्षहरु पार्टी स्थायी कमिटीको पदेन सदस्य हुने व्यबस्था गर्नुपर्ने, सबै तहका अधिवेशनमा सदस्यबाट निर्वाचत भएर मात्र प्रतिनिधि आउने व्यवस्थागर्नुपर्ने प्रस्ताव गरेका छन् ।
त्यस्तै, प्रदेश कमिटीको संख्या २२५ बनाउन, जिल्ला कमिटी न्यूनतम संख्या १७५ बनाउन माग गरिएको छ । त्यस्तै, भट्टराईले पार्टीको कार्यकारी कमिटीमा ७० वर्षभन्दा बढि उमेरमा निर्बाचित हुन नपाउनेगरी हदबन्दीको व्यबस्था गर्नुपर्ने सुझावसमेत राखेका छन्

प्रतिक्रिया दिनुहोस्