पुननिर्माण प्राधिकरणका कार्यकारी अधिकृत पदमुक्त


काठमाडौं,२४ असार । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सिईओ आइतबारबाट पदमुक्त भएका छन् ।

मन्त्रिपरिषद्ले भदौ १४ पछि गरिएका राजनीतिक नियुक्ति बदर गर्ने निर्णय गरेअनुसार उनी पदमुक्त भएका हुन् । आइतबार दिउँसो १ बजे एक कार्यक्रम गरेर सिइओ युवराज भुसाललाई विदाइ गर्न लागेको प्राधिकरणले जनाएको छ ।

प्रधानमन्त्री कार्यालयले शुक्रबार नै प्राधिकरणमा पत्र पठाएर पदमुक्त भएको जानकारी गराए पनि पत्र ढिलागरी प्राप्त भएको भन्दै उनी आइतबारबाट मात्रै औपचारिक रुपमा विदा भएका हुन् । नेपाली कांग्रेस निकट भुसाल गत वर्ष कात्तिक ६ गते प्राधिकरणको सीईओ नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्